नियम ९२
थप आर्थिक सहायता
(१) सेवामा बहाल रहेको कुनै कर्मचारीलाई सरकारी कामको
सिलसिलामा चोटपटक लाग्न गएमा वा स्वास्थ्य सेवा उपलब्ध गराउने क्रममा शारीरिक
हानि नोक्सानी हुन गएमा वा निज कर्मचारी वा निजको पति पत्नीलाई कडा रोग लागी
स्वदेश वा विदेशमा उपचार गर्न नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले रोग किटान
गरी सिफारिस गरेको आधारमा नियम ९१ को उपनियम (१) बमोजिम पाउने उपचार
खर्चको अतिरिक्त देहायको समितिको सिफारिसमा नेपाल सरकारले उचित ठहराएको थप
आर्थिक सहायता पाउन सक्नेछ ः-
(क) सामान्य प्रशासन मन्त्रालयको सचिव – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
(ग) मन्त्रालयको सचिव – सदस्य
(घ) मन्त्रालयले तोकेको वरिष्ठ चिकित्सक – सदस्य
(ङ) मन्त्रालयको चिकित्सा सेवा महाशाखा प्रमुख –सदस्य सचिव
(२) उपनियम (१) बमोजिमको समितिले थप आर्थिक सहायता सम्बन्धी कागजात
प्राप्त भएको मितिले सात दिनभित्र नेपाल सरकार समक्ष सिफारिस पेश गर्नु पर्नेछ